जानकी खबर।असार २ गते । जनकपुरधाम ।
देशभरी मनसुनी वायुको प्रभावले वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार देशको धेरै स्थानमा हल्का मध्यमदेखि भारी वर्षा भइरहेको छ ।
महाशाखाले आज देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको जनाएको छ ।
अगामी २४ घण्टा भित्र देशका अधिकांश स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाका साथै कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशको केहि भू–भागमा भारि वर्षा र थोरै स्थानमा धेरै भारि वर्षा हुने सम्भावना रहेको छ ।
पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने मशाखाले चेतावनी दिनुका साथै यी क्षेत्रहरुमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

