जनकी खबर । असार २ गते

सिन्धुपाल्चोक — मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ । 
अविरल वर्षासँगै आएको बाढीले मेलम्ची बजारमा क्षति पुर्‍याएको छ।

बाढीमा स्थानीयहरूसमेत बगेको आशंका गरिए पनि कति बेपत्ता भए भन्ने यकिन हुनानसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ ।

मानवीय क्षतिको वास्तविक विवरण नआए पनि  ‘दुई महिला र पाँच पुरुष बेपत्ता भएको गारियेको छ ।

प्रहरीका अनुसार बाढीबाट विस्थापित भएका दर्जनभन्दा बढी परिवारमध्ये अधिकांशले खुला आकाशमुनि रात बिताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *