जनकी खबर ।जेठ ३० जनकपुरधाम ।

आइतबार उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रघुवीर महासेठ एवं पुर्ब मन्त्री जुली महतोले जनकपुरधामको मन्दिरहरुमा पुजा तथा निरीक्षन गर्नु भएको छ।

उनिहरुले माता जानकी , राजदेवी , बौद्धी माई , भगवान गणेश र राम मन्दिरमा पुजा अर्चना गर्नुको साथसाथै उहाँहरुद्वारा निर्माणधिन माता राजदेवीको मुल गेटको निरीक्षन गरेका हुन् ।

हिजो सनिवार महासेठ र महतोले धनुषाको ललिया– उतिमपुर नदिको पुल, कासीपुर–कजरा नदिको पुल र इनरुवा–सबैला बिचमा रहेको नदिमा निर्माण हुन लागेको पुलको शिलान्यास गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *