जनकी खबर ।३१जेठ ,जनकपुरधाम ।
कञ्चनपुरमा ११वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
कृष्णपुर नगरपालिका- वडा ४ स्थित क्याम्पस टोल निवासी ५३ वर्षीय धनबहादुर गुरुङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
बालिकालाई फकाइ जबरजस्ती करणी गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गुलरियाको प्रहरीले गुरुङलाई आइतबार राति पक्राउ गरेको थियो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानायेको छ।

