जनकी खबर ।१४ जेठ

पोखरा -पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा बिहीबार मध्यरातदेखि बिहान ४ बजेसम्म अक्सिजनकै अभावले सुत्केरी महिलासहित ६ जनाले ज्यान गुमाएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसोलेसनमा शुक्रबार भर्ना भएर हाइफ्लो अक्सिजन दिएर सुत्केरीको उपचार भइरहेको थियो ।

बिहीबार साँझ नै अस्पतालले अक्सिजन रेगुलर नभएको भन्दै घरि अक्सिजन दिने, घरि नदिने गरिएको सुत्केरीका आफन्तले बताए ।

अस्पतालमा एक्कासी अक्सिजनको अभाव भएको र हाइफ्लो दिएर उपचार भइरहेका बिरामीले सोही अनुसार अक्सिजन नपाउँदा मृत्यु भएको हो ।

तनहुँका ३ जना, म्याग्दी, पर्वत १ र स्याङ्जाका १ जनाको ज्यान गएको हो । अक्सिजन उद्योगले पर्याप्त अक्सिजन सिलिन्डर पठाएको बताउँछ तर सरकारी अस्पतालमै अक्सिजनको अभावले बिरामीले ज्यान गुमाउनु पर्ने अवस्थाको सिर्जना भएको हो ।

हाइफ्लोका बिरामीलाई प्रतिमिनेट ६० देखि ८० लिटरसम्म अक्सिजन प्रयोग गर्नुपर्ने हुन्छ । यस्ता बिरामी बढे र समयमा आपूर्ति नहुँदा समस्या भएको हो।

पोखराको अन्य अस्पतालमा पनि एक्कासी अक्सिजनको अभाव भएको चिकित्सकहरुले बताइरहेका छन् । पोखरामा दैनिक १३ देखि १४ सय सिलिन्डरसम्म दैनिक उत्पादन हुने बताइएको छ । तर, त्यो सिलिन्डर कहाँ र कसरी जान्छ र किन अभाव भइरहेको छ भन्ने आश्चर्य लागिरहेको अस्पतालहरुले बताइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *