माधवकुमार नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको भन्दै उनलाई क्षमा दिन नसकिने :ओली

जानकी खबर ।३० असार, काठमाडौं ।    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको भन्दै उनलाई क्षमा दिन नसकिने बताए ।नेकपा एमालेका अध्यक्ष ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिएका छन् । ओली माधव नेपालप्रति निकै आक्रामक बनेका छन् । बालुवाटारबाट बालकोट पुगेर […]

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सहित चार जना मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

जानकी खबर ।२९ असार,काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सहित चार जना  मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।  मंगलबार साँझ शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको […]

मुख्यमन्त्री राउत : प्रतिनिधिसभा पुनर्स्थापनाबाट लोकतन्त्र र संविधानवादको जित भएको

जानकी खबर ।२९ असार, जनकपुरधाम ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोकतन्त्रको रक्षा गर्न न्यायमूर्तिहरुले अदम्य साहस देखाएको बताउनुभयो । उहाले प्रतिनिधिसभा पुनर्स्थापनाबाट लोकतन्त्र र संविधानवादको जित भएको बताएका छन् । मंगलबार प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने, ‘लोकतन्त्रको रक्षा गर्न न्यायमूर्तिहरुले अदम्य साहस देखाउनुभयो, उहाँहरुप्रति नमन छ ।’ लोकतन्त्रको रक्षा गर्न न्यायमूर्तिहरुले अदम्य साहस […]

निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले संविधान संशोधन गरेको दाबीगर्नुभयो ।

जानकी खबर ।२९ असार, काठमाडौं ।निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेलिभिजनमा सम्बोधन गर्दै सर्वोच्च अदालतले संविधान संशोधन गरेको दाबीगर्नुभएको छ । सिंहदरबार छाड्नुअघि देशको नाउँमा सम्बोधन गर्दै ओलीले मंगलवार सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुका साथै १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न […]

विपक्षी गठबन्धनले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन लाग्ने निर्णय

जानकी खबर ।असार २९, जनकपुरधाम । विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन लाग्ने निर्णय गरेको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा बसेको बैठकले सर्वोच्च अदालतको आदेशअनुसार आज नै गठबन्धन सरकार बनाउने निर्णय गरेको छ । संसद पुनस्र्थापना गरेको सर्वोच्च अदालतले आज साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन आदेश […]

सर्वोच्च अदालतको परमादेश- प्रतिनिधिसभा पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त

जानकी खबर ।२८ असार, काठमाडौं ।सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारिगरेको छ । जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन संविधान विपरीत रहेको भन्दै सर्वोच्चले संसद पुनस्र्थापना हुने फैसला सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन […]

नेकपा एमाले एकता कार्यदलको बैठक सिंहदरबारमा शुरु

जानकी खबर । असार २७,काठमाडौं । नेकपा एमाले एकता कार्यदलको बैठक सिंहदरबार स्थित अर्थमन्त्रालयमा शुरु भएको छ । बिहान ८ बजेदेखि बस्ने भनिएको बैठक ९ बज्न लाग्दा मात्रै शुरु भएको हो । अध्यक्ष ओली समूहका नेताहरु समयमै बैठकस्थल पुगेपनि वरिष्ठ नेता माधव कुमार नेपाल समूहका नेताहरु ढिला गरि उपस्थित भएपछि केही समय पर धकेलिएको हो । […]

नेकपा एमालेको कार्यदलको बैठक आज पनि बस्दै

जानकी खबर ।२६ असार, काठमाडौं ।नेकपा एमालेको कार्यदलको बैठक आज पनि बस्दैछ ।विवाद समाधानका लागि गठित नेकपा एमालेको कार्यदलको शनिबार दिउँसो साढे २ बजे सिंहदरबारमा बैठक बस्ने नेताहरुले बताएका छन् । बैठकमा एमालेको पार्टी कमिटी जेठ २ मा फर्काउने, संसद विघटनको रिटबाट एमाले सांसदले हस्ताक्षर फिर्ता लिने, शक्ति सन्तुलन आदि विषय रहेका छन् । माधवकुमार […]

प्रधानमन्त्री केपी शर्मा ओली- एकै पुस्ता मै विद्धान तयार गर्न नसकिने

जानकी खबर ।असार २४ ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पुस्ता मै विद्धान तयार गर्न नसकिने बताएका छन्। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा विहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वजहरुले कयौं परम्परागत ज्ञान दिएर छोडेकाले त्यसलाई अनुसरण गर्दै अघि बढ्न सके मात्रै विषय विज्ञता हासिल गर्न सकिने बताए।मानवीय श्रेष्ठताको […]

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेट वार्ता सकियो ।

जनकी खबर ।असार २४, काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेट वार्ता सकिएको छ। दुई घण्टाभन्दा लामो ओलीसँगको बिहिवार भएको वार्तापछि बाहिरिने क्रममा नेता नेपालले पत्रकारहरुसँग कुनै प्रतिक्रिया दिन मानेनन्।यद्यपि उनीनिकट नेताहरुले वार्तालाई सकारात्मक भनेका छन्।  वार्तापछि मेरियटमा बोल्दै एमाले नेता भीम रावलले दुई नेताबीचको वार्तालाई सकारात्मक भनेका छन्। […]