जानकी खबर ।२९ असार, जनकपुरधाम ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोकतन्त्रको रक्षा गर्न न्यायमूर्तिहरुले अदम्य साहस देखाएको बताउनुभयो ।

उहाले प्रतिनिधिसभा पुनर्स्थापनाबाट लोकतन्त्र र संविधानवादको जित भएको बताएका छन् ।

मंगलबार प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने, ‘लोकतन्त्रको रक्षा गर्न न्यायमूर्तिहरुले अदम्य साहस देखाउनुभयो, उहाँहरुप्रति नमन छ ।’

लोकतन्त्रको रक्षा गर्न न्यायमूर्तिहरुले अदम्य साहस देखाएको भन्दै उनले सर्वोच्चका न्यायाधीशहरुलाई धन्यवाद समेत दिए ।

प्रस्तुत बजेटमा मनोमानी गरेको भन्दै विपक्षी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदले प्रदेशसभा बैठक अबरुद्ध गरेपछि बजेटबारे सरकारको दृष्टिकोण राख्न मुख्यमन्त्री राउतले प्रदेशसभालाई सम्बोधन गरेका हुन् ।
मुख्यमन्त्रीले सम्बोधन गरेपछि प्रदेशसभाको बैठक सुचारु भएको छ ।
उनले छुटेका योजनाहरु मन्त्रिपरिषद्को बैठकले थप गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *