जनकी खबर ।असार २४, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेट वार्ता सकिएको छ।

दुई घण्टाभन्दा लामो ओलीसँगको बिहिवार भएको वार्तापछि बाहिरिने क्रममा नेता नेपालले पत्रकारहरुसँग कुनै प्रतिक्रिया दिन मानेनन्।
यद्यपि उनीनिकट नेताहरुले वार्तालाई सकारात्मक भनेका छन्। 

वार्तापछि मेरियटमा बोल्दै एमाले नेता भीम रावलले दुई नेताबीचको वार्तालाई सकारात्मक भनेका छन्। दुई नेताबीच दुई घण्टा भन्दा लामो वार्तापछि बोल्दै नेता रावलले कार्यदलले गरेको प्रगतिबारे पनि आज कुरा भएको बताए। 

‘कार्यदलको विषयमा कुरा भयो। पार्टी एकतालाई कसरी अगाडि बढाउने भन्ने शिलशिलामा आजको कुराकानी भएको पाएका छौँ’, रावलले भने, ‘यस सन्दर्भमा फेरि कुराकानी हुनेछ । कार्यदलमा पनि हामीबीच छलफल भएको छ। यी वार्ताका उद्देश्य भनेकै पार्टीको समस्या समाधान गर्ने हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *