जानकी खबर ।३० असार, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको भन्दै उनलाई क्षमा दिन नसकिने बताए ।
नेकपा एमालेका अध्यक्ष ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिएका छन् ।
ओली माधव नेपालप्रति निकै आक्रामक बनेका छन् । बालुवाटारबाट बालकोट पुगेर आफ्ना समर्थकलाई सम्बोधन गर्दै ओलीले माधव नेपाल लाज, सरम हराएको मान्छे भएको प्रतिक्रिया दिए ।
नेपाल विश्वासघाती भएको भन्दै ओलीले भने, ‘माधव नेपाल जस्ता लाज, सरम हराएका मान्छेहरु, विश्वासघाती तत्वहरुलाई स्वीकार्न सकिँदैन ।’
माधवकुमार नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको र उनलाई क्षमा दिन नसकिने बताए ।
बालुवाटारबाट बालकोट पुगेका उनले समर्थकहरुलाई सम्बोधन गर्दै भने, ‘पछाडि लाग्नेहरुको सन्दर्भमा उहाँहरुले कमी कमजोरी महसुस गरेर पार्टीमा आएर काम गर्न चाहनु हुन्छ भने उहाँहरुलाई मौका दिन्छौं ।तर उहाँले माधव नेपालको हकमा आत्मालोचना, गल्ती स्वीकार गर्ने कुनै ठाउँ नरहेको बाताउनुभो ।’
निकै तामझामका साथ समर्थकहरूको स्कर्टिङसहित उनी बालकोट फर्किएका हुन् ।
सोमबार सर्वोच्चले परमादेश जारी गरेसँगै शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि ओली बालुवाटारबाट बालकोटस्थित आफ्नो निवास फर्किएका हुन् ।




