जानकी खबर ।२९ असार,काठमाडौं ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सहित चार जना  मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 

मंगलबार साँझ शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका थिए ।

सोही कारण शपथ ग्रहणमा ढिलाइ भएको थियो । पछि राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन् ।

शितल निवासमा बिशेष समारोहकाबीच राष्ट्रपति बिद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री पदको सपथ गराउनुभएको थियो । सपथ कार्यक्रममा उपराष्ट्रपति, सभामुख, प्रधानन्यायधिश लगाएतको उपस्थीति रहेको थियो भने निवर्तमान प्रधानमन्त्री केपी ओली भने अनुपस्थीत हुनुभएको थियो ।यस्तै प्रधानमन्त्री देउवाले  आज मंगलबार नै सानो आकारको मन्त्रीमण्डल गठन गर्नुभएको छ । जसमा कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री  नियुक्त भएका छन्  ।  माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरुलाई मंगलबार नै शितल निवासमा राष्ट्रपति भण्डारीले पद तथा गोपनियताको सपथ खुवाउनुभएको थियो ।

देउवाको प्रधानमन्त्रीको रुपमा यो पाँचौं कार्यकाल हो । यसअघि उहा २०५२, २०५८, २०६१ र २०७४ सालमा ४ पटक प्रधानमन्त्री बनिसक्नुभएको छ ।

गत जेठ ७ गते देउवाले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी गरेता पनि राष्ट्रपतिले अस्वीकार गर्नुभएको थियो । तर,  फेरि सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

सोमबार सर्वोच्च अदालतले २९ गते संसद पुनर्स्थापना गर्दै संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीका लागि १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई साँझ ५ बजेसम्म नियुक्त गर्न परमादेश दिएको थियो ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका थिए ।

सोही कारण शपथ ग्रहणमा ढिलाइ भएको थियो । पछि राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *