जानकी खबर । असार २७,काठमाडौं ।

नेकपा एमाले एकता कार्यदलको बैठक सिंहदरबार स्थित अर्थमन्त्रालयमा शुरु भएको छ । बिहान ८ बजेदेखि बस्ने भनिएको बैठक ९ बज्न लाग्दा मात्रै शुरु भएको हो ।

अध्यक्ष ओली समूहका नेताहरु समयमै बैठकस्थल पुगेपनि वरिष्ठ नेता माधव कुमार नेपाल समूहका नेताहरु ढिला गरि उपस्थित भएपछि केही समय पर धकेलिएको हो ।

आजको कार्यदको बैठकले सहमतिका लागि मस्यौदा तयार पार्ने नेताहरुको भनाइ छ ।  बैठक बस्नुअघि नेता नेपाल समूहका नेताहरु आन्तरिक छफलफमा जुटेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *