पूर्व प्रधानमन्त्री झलनाथ खनालाई अक्सिजनको सपोर्टमा उपचार ।

जनकी खबर । जेठ ३१ जनकपुरधाम । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालाई अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ ।  उहाँ अस्वस्थ भई नर्भिक अस्पतालमा भर्ना भएसँगै अक्सिजनको अवस्यता परेको हो ।अस्पतालका अनुसार उहाँलाई विगत ९ दिनदेखि ज्वरो आइरहेको थियो । ज्वरो कम नभइ स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता […]

कञ्चनपुरमा ११वर्षीया बालिकालाई जबरजस्ती करणी- १जना पक्राउ ।

जनकी खबर ।३१जेठ ,जनकपुरधाम । कञ्चनपुरमा ११वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  कृष्णपुर नगरपालिका- वडा ४ स्थित क्याम्पस टोल निवासी ५३ वर्षीय धनबहादुर गुरुङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । बालिकालाई फकाइ जबरजस्ती करणी गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गुलरियाको प्रहरीले गुरुङलाई आइतबार राति पक्राउ गरेको थियो […]

जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई अध्यक्ष उपेन्द्र यादवले सोधे स्पष्टीकरण

जनकी खबर । जेठ ३१,जनकपुरधाम । जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई अध्यक्ष उपेन्द्र यादवले पार्टीको निर्णय बेगर सरकारमा सहभागी भएको भन्दै स्पष्टीकरण सोधेका छन् । पार्टीको निर्णय बेगर सरकारमा सहभागी भएको भन्दैअध्यक्ष यादवले मन्त्रीहरुलाई स्पष्टीकरण सोधेका हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका ९ मन्त्री र दुई राज्यमन्त्री सहभागी […]

कर्णाली प्रदेश सरकारले पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिदका लागि ५० प्रतिशत अनुदान दिने

जनकी खबर ।जेठ ३० गते ।जनकपुरधाम । कर्णाली प्रदेश सरकारले पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिदका लागि ५० प्रतिशत अनुदान दिने भएको छ । तर सबै पत्रकारले सो सुविधा पाउने छैनन् । बढीमा एक सय जना पत्रकार हरेक वर्ष छनोट गरेर यस कार्यक्रममा समावेश गरिनेछ ।  आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यो […]

प्रदेश २प्रमुख राजेश झाले मन्त्रिपरिषद् विस्तार गर्दा समावेशी नभएको भन्दै मुख्यमन्त्री लालबाबु राउलाई पत्र

जानकी खबर । जेठ ३० गते।जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले मन्त्रिपरिषद् विस्तार गर्दा समावेशी नभएको भन्दै मुख्यमन्त्री लालबाबुलाई पत्रमा लेखेका छन् । असन्तुष्टि व्यक्त गरदै प्रदेश प्रमुख झाले यही जेठ २८ गते मुख्यमन्त्री राउतलाई पत्र लेखी प्रदेशभित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउन प्रदेश सरकारको जिम्मेवारी र दायित्व हुने बताएका […]

भारतीय रक्षा मन्त्रालयले सेनासँग सम्बन्धित जानकारीहरु सार्वजनिक गर्ने घोषणा गरेको छ।

जानकी खबर जेठ ३० जनकपुरधाम । भारतीय रक्षा मन्त्रालयले सेनासँग सम्बन्धित जानकारीहरु गोपनीयताको सूचीबाट हटाएर सार्वजनिक गर्ने घोषणा गरेको छ।भारतको रक्षा मन्त्रालयले देशमा हालसम्म भएका युद्ध, सैन्य अभियान र सेनासँग सम्बन्धित जानकारीहरु सार्वजनिक गर्ने घोषणा गरेको हो। भारतको रक्षा मन्त्री राजनाथ सिंहले युद्ध, युद्धको क्रममा भएका संवाद, सैन्य अपरेशन र सेनाको इतिहाससँग जोडिएका जानकारीलाई गोपनियताको […]

प्रदेश नं २ सहित देशको ३ प्रदेशमा मनसुन भित्रिएको छ ।

जनकी खबर । जेठ २९ जनकपुरधाम । प्रदेश नं २ सहित देशको ३ वटा प्रदेशमा मनसुन भित्रिएको छ । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ । देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन तीन प्रदेशमा फैलिएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले प्रदेश […]

डा. बाबुराम भट्टराईले ओलीलाई सदाका लागि अन्त्य गर्न आह्वान गरे ।

जानकी खबर ।जेठ २९ जनकपुरधाम । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ओली भाइरसलाई सदाका लागि अन्त्य गर्न आह्वान गरेका छन् ।  गण्डकी प्रदेशको मुख्यमन्त्री पदका लागि पृथ्वीसुब्बा गुरुङले पुनः दाबी गरेपछि डा. भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो आह्वान गरेका हुन् ।  डा. ले लेखेका छन्, ‘ओली भाइरस पोखरामा पनि सल्केको […]

धारचुला–लिपुलेक सडक विस्तार गर्ने क्रममा नेपाली भू-भागमा भएको ज्यादती रोक्न भारतलाई पत्र ।

जनकी खबर ।२९ जेठ, जनकपुरधाम ।भारतले धारचुला–लिपुलेक सडक खण्ड विस्तार गर्ने क्रममा नेपाल तर्फको बाटोमा क्षति पुर्‍याएको छ । महाकालीपारि गत मंगलबार व्यास गाउँपालिकाको वडा नं २ मा पर्ने दुम्लिङ र कुञ्जुङ गाउँ जोड्ने बाटोमा क्षति पुगेको हो । क्षति भएपछि सशस्त्र प्रहरीले त्यसको वैकल्पिक बाटो खोलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । मंगलबार […]

उपप्रधानमन्त्री राजेन्द्र महतोले धनुषामा ५ बालिकाको पोखरीमा डुबेर मृत्यु भएको घटनाप्रति शोक व्यक्त गर्नुभयो ।

जानकी खबर ।२८ जेठ धनुषा । उपप्रधानमन्त्री राजेन्द्र महतोले धनुषामा ५ बालिकाको पोखरीमा डुबेर मृत्यु भएको घटनाप्रति शोक व्यक्त गर्नुभएको छ । उपप्रधानमन्त्री महतोले शुक्रबार धनुषाको मुखियापट्टी मुसहरनियाँमा ५ बालिकाको डुबेर मृत्यु भएको घटनाप्रति शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । घटना उपप्रधानमन्त्री महतो निर्वाचित धनुषाको निर्वाचन क्षेत्र नं ३ मा पर्ने […]