जनकी खबर । जेठ २९ जनकपुरधाम ।

प्रदेश नं २ सहित देशको ३ वटा प्रदेशमा मनसुन भित्रिएको छ ।

प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ । देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन तीन प्रदेशमा फैलिएको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा मनसुन भित्रिएको जानकारी दिए । उनका अनुसार यो देशव्यापी हुन अझै दुईदेखि तीन दिन लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *