जनकी खबर । जेठ ३१,जनकपुरधाम । जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई अध्यक्ष उपेन्द्र यादवले पार्टीको निर्णय बेगर सरकारमा सहभागी भएको भन्दै स्पष्टीकरण सोधेका छन् ।

पार्टीको निर्णय बेगर सरकारमा सहभागी भएको भन्दै
अध्यक्ष यादवले मन्त्रीहरुलाई स्पष्टीकरण सोधेका हुन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका ९ मन्त्री र दुई राज्यमन्त्री सहभागी छन् ।
स्पष्टीकरण पत्रमा सात दिनभित्र चित्तबुझ्दो जवाफ नआए राजनीतिक दलसम्बन्धी ऐन र जसपाको अन्तरिम विधान २०७७ बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

सरकारमा जसपाको नेतृत्व गरेका राजेन्द्र महतोले उपप्रधानमन्त्री र सहरी विकास मन्त्रालय पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *