जनकी खबर ।
२९ जेठ, जनकपुरधाम ।
भारतले धारचुला–लिपुलेक सडक खण्ड विस्तार गर्ने क्रममा नेपाल तर्फको बाटोमा क्षति पुर्याएको छ ।
महाकालीपारि गत मंगलबार व्यास गाउँपालिकाको वडा नं २ मा पर्ने दुम्लिङ र कुञ्जुङ गाउँ जोड्ने बाटोमा क्षति पुगेको हो ।
क्षति भएपछि सशस्त्र प्रहरीले त्यसको वैकल्पिक बाटो खोलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
मंगलबार भारतीय पक्षले धारचुला–लिपुलेक सडक विस्तार गर्ने क्रममा पहाड काट्नको लागि बम विस्फोट गराएको र विस्फोटपछि पहिरो खस्दा महाकाली नदी थुनिएको थियो ।
नदीले महाकाली किनार हुँदै दुम्लिङ जाने बाटोमा क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।
उहाँले हामी भारतीय पक्षलाई पत्र लेखेर यसको जानकारी गृह मन्त्रालयलाई दिइसकेका बताए । पहिरोका कारण नेपाली भूभागमा क्षति भएको र नेपालमा क्षति हुने गरी गरिएको काम तत्काल रोक्न भनेको बताए ।
प्रमुख जोशीले बाटो बनाउने क्रममा हाम्रोमा क्षति हुनु भएन यत्ति कुरा हो, यही व्यहोरा लेखेर हामीले पत्र पठाएकको बाताउनुभयो ।
पत्र धारचुलाका डिस्ट्रीक मजिस्ट्रेट आनन्द स्वरुपको नाममा पठाइएको छ । यद्यपि पत्रको जवाफ शनिबार बिहानसम्म नआएको जोशीले जानकारी दिए ।
नेपालको लिपुलेक, कालापानी लगायतका भूभाग मिचेर भारतले तिब्बसम्म पुग्ने बाटो निर्माण गरेको छ । यसप्रति नेपाल सरकारले औपचारिक रुपमा आपत्ती जनाए पनि भारतले सो सडकखण्डमा काम जारी राखेको छ ।
भारतीय रक्षामन्त्रीले यो सडक निमार्णलाई उल्लेखनीय उपल्बधि भनेका छन् । नयाँ दिल्लीबाट शुक्रबार भिडियो कन्फरेन्समार्फत् बीआरओलाई सम्बोधन गर्दै सिंहले भनेका छन्,‘पछिल्ला पाँच–सात वर्षमा बीआरओले उल्लेखनीय उपलब्धिहरु गर्यो ।
गत २०७७ वैशाख अन्तिम साता भारतका रक्षामन्त्री राजनाथ सिंहले राजधानी नयाँदिल्लीबाट सो सडकको शिलान्यास गरेका थिए ।
एजेसीहारुको साहयोगमा

