जनकी खबर ।जेठ ३० गते ।जनकपुरधाम ।
कर्णाली प्रदेश सरकारले पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिदका लागि ५० प्रतिशत अनुदान दिने भएको छ ।
तर सबै पत्रकारले सो सुविधा पाउने छैनन् ।
बढीमा एक सय जना पत्रकार हरेक वर्ष छनोट गरेर यस कार्यक्रममा समावेश गरिनेछ ।
आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यो विषय समेटेका हुन् ।