जानकी खबर ।जेठ २९ जनकपुरधाम ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ओली भाइरसलाई सदाका लागि अन्त्य गर्न आह्वान गरेका छन् । 

गण्डकी प्रदेशको मुख्यमन्त्री पदका लागि पृथ्वीसुब्बा गुरुङले पुनः दाबी गरेपछि डा. भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो आह्वान गरेका हुन् । 

डा. ले लेखेका छन्, ‘ओली भाइरस पोखरामा पनि सल्केको देखियो है । यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो ।’

डा. भट्टराईले ओली भाइरसलाई सदाको निम्ति अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न आह्वान गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *