जानकी खबर ।

जेठ ३० गते।जनकपुरधाम ।

प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले मन्त्रिपरिषद् विस्तार गर्दा समावेशी नभएको भन्दै मुख्यमन्त्री लालबाबुलाई पत्रमा लेखेका छन् ।

असन्तुष्टि व्यक्त गरदै प्रदेश प्रमुख झाले यही जेठ २८ गते मुख्यमन्त्री राउतलाई पत्र लेखी प्रदेशभित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउन प्रदेश सरकारको जिम्मेवारी र दायित्व हुने बताएका छन् ।

‘प्रदेशभित्रका महिला, दलित, आदिवासी, गैरमधेसीलगायतका पक्षलाई समानुपातिक, समावेशी उपस्थितितर्फ विशेष पहल गर्न स्मरण गराइन्छ,’ उनले पत्रमा लेखेका छन् ।

यता मुख्यमन्त्री लालबाबु राउतले   प्रमुख ‘अहिराज’ले मन्त्रिपरिषद समावेशी नभएको भनी पत्र लेख्नुलाई  सामान्य भएको प्रतिक्रिया दिएका छन् ।

उहाँले प्रदेश प्रमुखले सरकार समावेशी भए राम्रो हुन्छ भन्नुलाई अन्यथा भन्न नमिल्ने बताउनुभयो।

मुख्यमन्त्री राउतले संविधानले प्रमुखलाई दिएको जिम्मेवारी तहद उहाँले सरकार समावेशी भए राम्रो हुन्छ भन्नुभएको र उहाँको राम्रो कन्सर्न लाई स्वागत गरेको’ मुख्यमन्त्री राउतले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *