किसानको समस्या समाधान गर्न प्रदेश सरकारद्वारा उच्च स्तरीय समिति गठन

जानकी खबर ।माघ २२, जनकपुरधाम, ।मधेश प्रदेश सरकारले प्रदेशका किसानहरुको समस्या पहिचान तथा समाधान गर्न उच्च स्तरीय समिति गठन गरेको छ ।सनिवार बसेको मन्त्री परिषदको बैठकले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्च स्तरीय समिति गठन गरेको हो ।समितिमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतो , आन्तरिक […]

किसान आन्दोलनलाई प्रहरीले हिंसात्मक आन्दोलन बनाउन चाहन्छन् : मनिष कुमार ठाकुर

सिके राउत नेतृत्वको जनमत पार्टीले विगत एक महिनादेखि किसान आन्दोलन जारी राखेको छ। किसान आन्दोलनको प्रदर्शनले प्रहरीसँग दिनहुँ झडप पनि भइरहेको विभिन्न मिडियाबाट समाचार आउने गरेको छ। शान्तिपूर्ण आन्दोलन गरिरहेका किसान र जनमत कार्यकर्तालाई प्रहरीले उनीहरुमाथी दमन, शोषण, लाठीचार्ज, अश्रुग्यास प्रहार जस्ता हिंसा गरिरहेका छन् । किसानको मागहरू केन्द्रीय सरकारसँग राखेपछि प्रहरीले अनावश्यक रूपमा बल […]

प्रधानमन्त्री देउवाले गरे शहीद स्तम्भमा माल्यार्पण

जानकी खबर। १६ माघ, काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले शहीद दिवसको अवसरमा शहीद स्तम्भमा माल्यार्पण गरेका छन् ।   आइतबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् ।कोरोनाको जोखिमका कारण करिक्रम औपचारिकतामा मात्र सिमित गरेको आयोजकले  जनाएको छ। वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय […]

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक

जानकी खबर ।१५ माघ, काठमाडौं ।स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक शुरु भएको छ ।यसअघि गठबन्धनका नेताहरुले शनिबार विहान पनि छलफल गरेका थिए । आज साँझ काठमाडौंको वलुवाटारमा सुरु भएको बैठक आजको दोस्रो बैठक हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार […]

पूर्वप्रधानन्यायाधीश शर्माको निधनको शोकमा देशभरका न्यायालयहरू बन्द

जानकी खबर ।९ माघ, काठमाडौं ।पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा सर्वोच्च अदालतले आज (आइतबार)देशभरका न्यायालयहरू बन्द गरेका छन् ।पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो । सर्वोच्चले उनको निधनबाट सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको भन्दै दु:ख व्यक्त गरेको  छ । बिदेशमा रहेको परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको हो ।पूर्वप्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आक्रोशित विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुत्ला 

जानकी खबर ।६ माघ, काठमाडौं ।पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आक्रोशित  विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । बिहिवार काठमाडौंस्थित अस्कल क्याम्पसको परिसरमा बिरोध प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरे पछि विद्यार्थीहरुले भने प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी […]

प्रदेश २ को नाम मधेश

जानकी खबर ।३ माघ, जनकपुरधाम ।सोमबार प्रदेश २ को नाम मधेश नामकरण भएको छ ।आज बसेको प्रदेश सभा बैठकले प्रदेश सभाको नाम मधेश प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतका साथ पास गरेको हो । त्यस्तै ,मधेस प्रदेशको राजधानी जनकपुरधाम घोषणा गरिएको छ।यस अवसरमा खुशी व्यक्त गर्दै श्री महाबिर युवा कमिटी लगायत जनकपुरधामाको विभिन्न स्थानमा युवाहरुले […]

जनकपुरधाम स्थित मनिपालको स्थलगत रिपोर्टिङ ।

जानकी खबर।१७ पुस, जनकपुरधाम ।बिगत केही वर्ष देखि जनकपुरधाम स्थित मनिपाल अस्पतालको प्राङ्गन लागायात वरिपरिको क्षेत्रमा नयाँ साल मनाउनेहरुको भिर तथा मेला समेत लग्ने गरेको छ।जनकपुरधाम स्थित मनिपालको स्थलगत रिपोर्टिङ ।

सनिवार देखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु

जानकी खबर।१७ पुस, जनकपुरधाम ।ग्रेगोरियन पात्रोअनुसार आज (सनिवार) देखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको छ ।जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको थियो । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।बिगत केही वर्ष देखि जनकपुरधाम स्थित मनिपाल अस्पतालको […]