
जानकी खबर ।
६ माघ, काठमाडौं ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आक्रोशित विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् ।
बिहिवार काठमाडौंस्थित अस्कल क्याम्पसको परिसरमा बिरोध प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।
नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरे पछि विद्यार्थीहरुले भने प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।
नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३-३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।
