जानकी खबर ।
३ माघ, जनकपुरधाम ।
सोमबार प्रदेश २ को नाम मधेश नामकरण भएको छ ।आज बसेको प्रदेश सभा बैठकले प्रदेश सभाको नाम मधेश प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतका साथ पास गरेको हो । त्यस्तै ,मधेस प्रदेशको राजधानी जनकपुरधाम घोषणा गरिएको छ।
यस अवसरमा खुशी व्यक्त गर्दै श्री महाबिर युवा कमिटी लगायत जनकपुरधामाको विभिन्न स्थानमा युवाहरुले दिप प्रज्वलन गरेका हुन् ।


मधेश नाम स्वीकृत भएपछि अब अन्य नाम स्वतः निष्क्रिय भएको सभामुख सरोजकुमार यादवले जानकारी दिए । कांग्रेसले ‘मिथिला भोजपुरा’, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले ‘जानकी’ तथा कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेश’ नाम प्रस्ताव गरेका थिए ।

