सिके राउत नेतृत्वको जनमत पार्टीले विगत एक महिनादेखि किसान आन्दोलन जारी राखेको छ। किसान आन्दोलनको प्रदर्शनले प्रहरीसँग दिनहुँ झडप पनि भइरहेको विभिन्न मिडियाबाट समाचार आउने गरेको छ।

शान्तिपूर्ण आन्दोलन गरिरहेका किसान र जनमत कार्यकर्तालाई प्रहरीले उनीहरुमाथी दमन, शोषण, लाठीचार्ज, अश्रुग्यास प्रहार जस्ता हिंसा गरिरहेका छन् । किसानको मागहरू केन्द्रीय सरकारसँग राखेपछि प्रहरीले अनावश्यक रूपमा बल प्रयोग गरेर आन्दोलन विफल पार्ने गतिविधि देखाइरहेका छन्। जस अनुसार आन्दोलितले प्रहरीसंग लड्नमा पनि पछाडि देखिएन।

जनमत पार्टीले जनताको मुद्दा उठाइरहेको छ । कृषकलाई किसान कार्डको व्यवस्था गर्नुपर्ने, किसानको लागि पेन्सन, बालीनालीको स्वतः बीमा, कृषि मिटरको व्यवस्था गरेर निःशुल्क विजुली, मलखाद र बीउबिजनको व्यवस्था गर्नुपर्ने, बाली क्षतिपूर्ति वापत राहत दिनुपर्ने, फसलको उचित मूल्य निर्धारण गर्नुपर्ने, किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्नेलगायत माग गर्दै जनमत पार्टीले किसान आन्दोलन गरिरहेको छ।

किसानले धेरै मिहिनेत गरेका छन् । जबसम्म सरकारले सुन्दैन तबसम्म किसान आन्दोलन चलिरहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *