जानकी खबर।
१७ पुस, जनकपुरधाम ।
ग्रेगोरियन पात्रोअनुसार आज (सनिवार) देखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको छ ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको थियो । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
बिगत केही वर्ष देखि जनकपुरधाम स्थित मनिपाल अस्पतालको प्राङ्गन लागायात वरिपरिको क्षेत्रमा नयाँ साल मनाउनेहरुको भिर तथा मेला समेत लग्ने गरेको छ।
शासक जुलियस सिजरले जुलियन पात्रो प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको जानकारहरु बताउँछन् । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ ।

नेपालका विभिन्न स्थानमा पनि इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा अघिल्लो साँझ ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ ।
यधपी कोरोना महामारिको जोखिम कायमनै रहेकोले धेरै जसोले साबधानी लाई प्राथमिकता दिएका छन् ।

