
जानकी खबर ।
९ माघ, काठमाडौं ।
पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा सर्वोच्च अदालतले आज (आइतबार)देशभरका न्यायालयहरू बन्द गरेका छन् ।
पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो ।
सर्वोच्चले उनको निधनबाट सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको भन्दै दु:ख व्यक्त गरेको छ ।

बिदेशमा रहेको परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको हो ।
पूर्वप्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए ।
उनी २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० गतेसम्म प्रधानन्यायाधीश थिए ।
उहाँको जन्म काठमाडौंको कमलपोखरीमा १९९१ साल पुस १ गते भएको थियोे ।
