जानकी खबर। १६ माघ, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शहीद दिवसको अवसरमा शहीद स्तम्भमा माल्यार्पण गरेका छन् ।

  आइतबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् ।
कोरोनाको जोखिमका कारण करिक्रम औपचारिकतामा मात्र सिमित गरेको आयोजकले  जनाएको छ।

वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा सहिद दिवस मनाइएको हो ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन
निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरणमा हरेक वर्ष १० माघदेखि १६ सम्म ‘सहिद सप्ताह’ मनाइँदै आएको छ । त्यससँगै  १६ माघलाई शहीद दिवसको रुपमा मनाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *