जानकी खबर ।
१५ माघ, काठमाडौं ।
स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक शुरु भएको छ ।
यसअघि गठबन्धनका नेताहरुले शनिबार विहान पनि छलफल गरेका थिए ।

आज साँझ काठमाडौंको वलुवाटारमा सुरु भएको बैठक आजको दोस्रो बैठक हो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रधानमन्त्रीलाई स्थानीय तह निर्वाचन नसार्न लिखित रुपमै आग्रह गरेकी थिइन् ।

राष्ट्रपतिले समयमै निर्वाचन गराउने दायित्वबाट सरकार भाग्न नमिल्ने बताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *