अन्तराष्ट्रिय युवा दिवसको अवसरमा तीन खेलाडी पुरस्कृत

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा तीन खेलाडी पुरस्कृत
टोकियो ओलम्पिक २०२० सम्पन्न- चीनलाई पछि पार्दै अमेरिका शीर्ष स्थानमा

जानकी खबर ।२४ साउन, काठमाडौं । टोकियो ओलम्पिक २०२० सम्पन्न भएको छ । जापानको राजधानी टोकियोमा आयोजित एक भव्य कार्यक्रमका बीच टोकियो ओलम्पिक २०२० को समापन गरिएको हो । कोरोना महामारीको त्रासका बीच जुलाई २३ मा सुरु भएको ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिक तीन वर्षपछि फ्रान्सको पेरिसमा भेट्ने वाचासहित आइतबार सफलतापूर्वक सम्पन्न भएको हो । […]
युरोकप २०२० को उपाधिका लागि इटली र इंग्ल्याण्ड फाइनलमा

जनकी खबर ।२४ असार, काठमाडौं ।युरोकप २०२० को उपाधिका लागि इटली र इंग्ल्याण्ड फाइनलमा भिड्ने भएका छन् । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पारजित गर्दै इंग्ल्याण्डले फाइनलमा इटलीसँग भेट पक्का गरेको हो । वेम्वलीमा भएको खेलमा इंग्ल्याण्डलले एक गोलले पछि परेर पनि नतिजा उल्टाएको हो । त्यसअघि इटलीले स्पेनलाई पेनाल्टीसुटआउटमा […]
युरोकप २०२० को सेमिफाइनल खेल्ने चारवटै टोलीको टुङ्गो लागे

जानकी खबर । असार २०, काठमाडौं ।युरोकप २०२० को सेमिफाइनल खेल्ने चारवटै टोलीको टुङ्गो लागेको छ। शनिबार राति भएका अन्तिम दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनलमा खेल्ने चारवटै टोलीको समीकरण पूरा भएकोको हो । रातिको खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २-१ ले र इंग्ल्याण्डले युक्रेनलाई ४-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । यी दुई टोली नै […]
रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १०९ गोल गर्ने इरानका अली दाइको कीर्तिमान बराबरी गरे

जानकी खबर ।१० असार, काठमाडौं । रोनाल्डोले फ्रान्सविरुद्ध दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १०९ गोल गर्ने इरानका अली दाइको कीर्तिमान बराबरी गरेका हुन् । उनले १७७ खेल खेल्दै १०९ गोल गरेका हुन् । अली दाइले १४९ खेलमा उक्त उपलब्धि हासिल गरेका थिए । खेलमा तीन गोल पेनाल्टीबाट भएको थियो । जसमा रोनाल्डोले दुवै गोल […]
नेपाली फुटबल टिमका प्रशिक्षकअलमुताइरी आज नेपाल आइपुगे

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी आज नेपाल आइपुगेका छन् । उनी शनिबार नेपाल एयरलाइन्सको जहाजमार्फत् कतारको दोहा हुँदै नेपाल आइपुगेका हुन् ।मुख्य प्रशिक्षक अलमुताइरीको नेतृत्वमा नेपालले ४ खेल खेलको छ ।नेपालले इराकसँग मैत्रीपूर्ण तथा चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियासँग विश्वकप तथा एसियन कप संयुक्त छनोट अन्तर्गत दोस्रो चरणका बाँकी ३ खेल खेलेको […]
बक्सिङका सुपरस्टार ४४ वर्षीय मे वेदर एकपटक फेरि रिङमा उत्रिए ।
जानकी खबर ।जेठ २४ गते । बक्सिङका सुपरस्टार ४४ वर्षीय मे वेदर एकपटक फेरि रिङमा उत्रिएका छन्। बक्सर मे वेदरले २६ वर्षका युट्युबर लोगन पलसँग बक्सिङमा प्रतिस्पर्धा गरेका हुन्। आइतबार राति भएको खेलमा हार जितको फैसला भएन किनभने यो खेलमा दुवै खेलाडी पुरै ८ राउन्डसम्म टिकेका थिए। कोही नकआउट भएको भए हारजित सिधै फैसला हुने […]
छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेल खेल्न नेपाली फुटबल टोली कुवेत पुगे

जनकी खबर । १७ जेठ काठमाडौं । नेपाल फूटबल टिम आइतबार कुवेत पुगेको हो । छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेल खेल्न नेपाली फुटबल टोली कुवेत पुगेको छ । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली उतैबाट कुवेत गएको हो । त्यहाँ नेपाली टोलीको पीसीआर परीक्षणको लागि स्वाव संकलनसमेत भएको छ । कुवेतमा नेपालले छनोट चरणका बाँकी तीन […]
नेपालको फूटबल टिम इराकसँगको मैत्रीपूर्ण खेलमा ६–२ ले पराजित

जनकी खबर । जेठ १६ काठमाडौं – नेपालको फूटबल टिम इराकसँगको मैत्रीपूर्ण खेलमा ६–२ ले पराजित भएको छ । नेपालका लागि मनिस डाँगीले रास्ट्रिय टिममा डेब्यु गर्द्दै गोल गरे । मनिससँगै डिफेण्डर गौतम श्रेष्ठले पहिलो रोजाइमा खेल्दै डेब्यु गरेका थिए । इराकको बसरास्थित अल फायना स्टेडियममा भएको खेलमा पहिलो हाफमा इराकले ४–२ को अग्रता बनाएको […]
३५ सदस्सीय नेपाली फूटबल टोली छनोट खेलका लागि आज राति इराक प्रस्थान गर्ने

जनकी खबर ।११ जेठ २३ खेलाडी र १२ जना अफिसियल गरी ३५ सदस्सीय नेपाली टोली आज राति इराक प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। इराकसँगको मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट र एसियन कप-२०२३ छनोट खेलका लागि नेपाली राष्ट्रिय टोली मगंलबार इराक प्रस्थान गर्दैछ। नेपाली टोली कतार एयरवेजबाट राति १० बजे इराक जानेछ। […]
