जानकी खबर ।३० साउन,जनकपुरधाम ।
प्रदेश सरकारले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा तीन खेलाडीलाई पुरस्कृत गरेको छ ।

प्रदेश २ को महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयले खेलाडीहरुलाई पुरस्कृत गरेको हो ।

प्रदेश २ बाट प्रतिनिधित्व गर्दै साग खेलकुदमा स्वर्ण विजेता २ जनालाई २० हजार नगद र ओलम्पिकमा नेपालबाट सहभागि प्रदेशका खेलाडीलाई १० हजार नगद, सम्मान पत्र र दोसल्ला ओढाएर पुरस्कृत गरिएको हो ।

साग खेलकुद उसु तर्फ स्वर्ण विजेता सिरहाका विजय सिंजाली, भारतोलनमा स्वर्ण विजेता पर्साका विजय थापालाई नगद २० हजार र हालै सम्पन ओलम्पिकमा नेपालको तर्फबाट सहभागि सिरहाका कल्पना परियारलाई नगद १० हजार नगदसहित पुरस्कृत गरिएको महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयका उप सचिव ठुलोबाबु दाहालले बताए ।

तीनै जनालाई महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले बिहिबार नगद र सम्मान पत्र प्रदान गरी पुरस्कृत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *