जनकी खबर ।११ जेठ

२३ खेलाडी र १२ जना अफिसियल गरी ३५ सदस्सीय नेपाली टोली आज राति इराक प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

इराकसँगको मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट र एसियन कप-२०२३ छनोट खेलका लागि नेपाली राष्ट्रिय टोली मगंलबार इराक प्रस्थान गर्दैछ।

नेपाली टोली कतार एयरवेजबाट राति १० बजे इराक जानेछ। नेपाली टोलीसँगै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार शिलवाल पनि सँगै जानेछन्।


नेपाली टोलीको आउने जाने हवाई खर्च विश्व फुटबल महासंघ (फिफा) ले बेर्होने एन्फाले यसअघि नै बताइसकेको छ।

नेपाल र इराकको राष्ट्रिय टोलीबीच जेठ १५ गते हुने मैत्रीपूर्ण खेल हुँदैछ। जेठ १६ गते नेपाली टोली स्थलमार्ग हुँदै कुवेत जानेछ।


कुवेतमा नेपाली टोलीले विश्वकप र एसिया कप छनोटको खेल खेल्नेछ। नेपाली टोलीले जेठ २० गते चाइनिज ताइपेइ, जेठ २५ गते गते जोर्डन र जेठ २८ गते अस्ट्रेलियासँग खेल्नेछ।

यसअघि घरेलु मैदानमा खेल हुने तय भए पनि कोरोना भाइरसको महामारीका कारण न्युट्रल भेन्युका रूपमा कुवेतमा खेल हुन लागेको हो।

इराक जानुअघि गरिएको कोरोना भाइरसको पीसीआर परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

अंक तालिकामा नेपाल ३ अंकका साथ चौथो स्थानमा छ। नेपालले ५ खेलमा १ खेलमा जित र ४ खेलमा हार बेहोरेको थियो। अंक तालिको पुछारमा रहेको चाइनिज ताइपेइले अंक जोड्न सकेको छैन। अस्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ।

अंक तालिकाको चौथो स्थानमा रहँदै छनोट चरण सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ।

नेपाली राष्ट्रिय फूटबल टोली
गोलरक्षकः किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार

डिफेन्डर : अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकास खवास

मिडफिल्डर : एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *