जनकी खबर । १७ जेठ काठमाडौं ।
नेपाल फूटबल टिम आइतबार कुवेत पुगेको हो ।
छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेल खेल्न नेपाली फुटबल टोली कुवेत पुगेको छ ।
इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली उतैबाट कुवेत गएको हो । त्यहाँ नेपाली टोलीको पीसीआर परीक्षणको लागि स्वाव संकलनसमेत भएको छ ।
कुवेतमा नेपालले छनोट चरणका बाँकी तीन खेल खेल्नेछ । नेपालीले जेठ २० गते चाइनिज ताइपेइ, जेठ २४ गते गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।
कोरोना महामारीले गर्दा नेपालले घरेलु मैदानमा खेल्नु पर्ने यी खेलहरु एएफसीले सेन्ट्रल भेन्युको रुपमा कुवेतमा खेलाउन लागेको हो ।
शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपाल इराकसँगको ६-२ ले पराजित भएको थियो । नेपालका लागि अन्जन विष्ट र मनिष डाँगीले गोल गरेका थिए l

