जनकी खबर ।२४ असार, काठमाडौं ।
युरोकप २०२० को उपाधिका लागि इटली र इंग्ल्याण्ड फाइनलमा भिड्ने भएका छन् । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पारजित गर्दै इंग्ल्याण्डले फाइनलमा इटलीसँग भेट पक्का गरेको हो ।
वेम्वलीमा भएको खेलमा इंग्ल्याण्डलले एक गोलले पछि परेर पनि नतिजा उल्टाएको हो । त्यसअघि इटलीले स्पेनलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।
इंग्ल्याण्ड ठूलो प्रतियोगितामा ५५ वर्षपछि र युरोकपमा पहिलो पटक फाइनल पुगेको हो । यसअघि सन् १९६६ मा घरेलु मैदानमै भएको विश्वकपको उपाधि इंग्ल्याण्डले जितेको थियो ।
युरोकपको फाइनलमा पुग्ने इंग्ल्याण्ड १३औं टिम बनेको छ । यसअघि १२ टिमले फाइनल खेल्दा १० टिमले उपाधि जितिसकेको छ । युगोस्लाभिया र बेल्जियमले फाइनल पुगेर पनि उपाधि जित्न सकेको छैन ।




