जानकी खबर ।जेठ २४ गते ।
बक्सिङका सुपरस्टार ४४ वर्षीय मे वेदर एकपटक फेरि रिङमा उत्रिएका छन्।
बक्सर मे वेदरले २६ वर्षका युट्युबर लोगन पलसँग बक्सिङमा प्रतिस्पर्धा गरेका हुन्।
आइतबार राति भएको खेलमा हार जितको फैसला भएन किनभने यो खेलमा दुवै खेलाडी पुरै ८ राउन्डसम्म टिकेका थिए।
कोही नकआउट भएको भए हारजित सिधै फैसला हुने थियो। तर यो खेल मनोरन्जनको लागि मात्र भएकाले खेलमा हार जित फैसला नगरिएको बताइएको छ।
यद्यपी यो खेलपछि मे वेदरले फेरि एकपटक चर्चा बटुलेका छन्। युट्युबर भएता पनि लोगन पलले विगत चार वर्षदेखि बक्सिङ सिकिरहेका छन्।
त्यसो त वेदरभन्दा लोगन पल अग्लो, वजनदार र उमेरमा पनि १८ वर्ष कान्छा हुन्। यद्यपी वेदर लोगन पलबाट नकआउट भएनन्।
उल्टै लोगन पलको शरीरमा राम्रो पन्चहरु ल्यान्ड गरे। उनले जीवनभर बक्सिङ खेले र यो खेलमा उनको कौशल झल्किएको विश्लेषकहरु बताए।



