प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्ड बीच भेटवार्ता

जानकी खबर ।५ साउन, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ । मंगलबार बिहान नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेपछि प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । भेटमा सरकार सञ्चालन र गठबन्धनका साझा नीति तथा कार्यक्रम तय गर्ने विषयमा छलफल […]

पुनस्थापित गरेको प्रतिनिधिसभामा आइतबार एकै दिन १५ वटा अध्यादेश प्रस्तुत

जानकी खबर ।४ साउन, काठमाण्डौ।                     सर्वोच्च अदालतले दोस्रो पटक पुनस्थापित गरेको प्रतिनिधिसभामा आइतबार एकै दिन १५ वटा अध्यादेश प्रस्तुत भएको छ । मन्त्रीहरु जनार्दन शर्मा, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न १५ वटा अध्यादेश प्रस्तुत गरेका हुन् ।जसमा सपथसम्बन्धी अध्यादेश–२०७८, रेल्वे अध्यादेश–२०७८, औषधि अध्यादेश–२०७८ (तेस्रो संशोधन), कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था […]

पार्टीको निर्णय नमान्ने नेपालसहित २२ जनालाई कारबाहीको प्रस्ताव

जानकी खबर । साउन ४,काठमाडौं ।नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टीको निर्णय नमान्ने २० सांसदलाई कारबाही गर्न प्रस्ताव गरिएको छ । पार्टीको निर्णय विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधव नेपालसहित २२ सांसदलाई एमालेले अनुशासनको कारबाही गर्ने भएको हो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नमान्ने २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव […]

प्रधानमन्त्री देउवाले पाए १६५ विश्वासको मत

जानकी खबर ।३ साउन,जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्।उहाँको पक्षमा १६५ मत परेको छ । विश्वासको मत पाएसँगै देउवाले अब यो प्रतिनिधिसभाको पूरा कार्यकाल सरकार चलाउने भएको छ । यो सँगै सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधिसभा (संसद) जोगिएको हो । आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कूल सांसद संख्याको १६५ […]

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेका छन् ।

जानकी खबर । ३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेका छन् । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकको सुरुमै सम्बोधन गर्दै देउवाले विश्वासको मत मागेका हुन् । उनले कोभिड १९ को नियन्त्रण सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । उनले दिनहुँ संक्रमण बढिरहेको कोभिड १९ को प्रकोपलाई रोक्न सरकारलाई मत दिन आग्रह गरे । […]

प्रदेश २ सरकारका एक मन्त्री र एक राज्य मन्त्रीले दिए राजीनामा

जानकी खबर ।साउन २, जनकपुरधाम ।प्रदेश २ सरकारका एक मन्त्री र एक राज्य मन्त्रीले राजीनामा दिएका छन्। प्रदेश २ सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र आन्तरिक मामिला तथा सञ्चारमन्त्री राज्यमन्त्री सरोज सिंह कुशवाहले मन्त्री पदबाट राजीनामा दिएका हुन्। नेकपा माओवादी केन्द्रलाई सरकारमा सम्मलित गरेर मन्त्रीपरिषद् विस्तारको तयारी गरिरहेको अवस्थामा मार्ग प्रशस्त […]

प्रदेश २ को मन्त्रिपरिषद् विस्तार आज शनिबार हुँदै

जानकी खबर ।२ साउन, जनकपुरधाम । जनकपुरधाम । प्रदेश २ को मन्त्रिपरिषद् विस्तार आज शनिबार हुँदै छ । मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । नेकपा (माओवादी केन्द्र) पनि सरकारमा सहभागी हुने भएपछि मुख्यमन्त्री राउत मन्त्रिपरिषद् विस्तार गर्न लागेको हो। माओवादीले सरकारमा सहभागी हुने मन्त्री चयन गरिसकेको छ । शुक्रबार बसेको संसदीय दलको […]

रकमी नियुक्तिपत्रले प्रस्ट गर्छ, विधि मिच्ने काम यहाँ जारी छ -डा. पाण्डे

जानकी खबर । साउन २,जनकपुरधाम । संविधानको धारा उल्लेख नगरी भएको प्रम नियुक्ति र सोही प्रकारको रकमी नियुक्तिपत्रले प्रस्ट गर्छ, विधि मिच्ने काम यहाँ जारी छ। चेतना भया।’ राष्ट्रपति विद्यादेवी भण्डारीले असार २९ गते शेरबहादुर देउवालाई सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री नियुक्त गरेको जनाएपछि डा. देवेन्द्रराज पाण्डेले सामाजिक सञ्जालमा लेखेको अंश हो यो। नियुक्तिपत्र संविधानको धारा […]

नेकपा एमालेले स्थायी कमिटी बैठको निर्णय : देउवाको नेतृत्वमा गठित सरकारलाई विश्वासको मत नदिने

जानकी खबर ।१,साउन ।काठमाडौं ।नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।   एमाले स्थायी कमिटी बैठकले देउवाको नेतृत्वमा गठित सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत नदिने निर्णय गरेको छ । एमालेले देउवा सरकारलाई ‘अलोकतान्त्रिक एवं अस्वस्थ विधिबाट गठित’ भनेको छ । पुष्पलाल स्मृति प्रतिष्ठान च्यासलमा […]

नेपाल कम्युनिस्ट पार्टी एमालेमा देखिएको विवादका कारण नेपाली राजनीतिमा नयाँ तरंग

जानकी खबर ।३०असार ,काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी एमालेमा देखिएको विवादका कारण नेपाली राजनीतिमा नयाँ तरंग आएको छ । एमाले विवादकै कारण दुई तिहाइको कम्युनिस्ट सरकार ढलेको छ ।  एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पुनस्र्थापना गरेपछि ३ साउनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाइँदै छ । यतिमात्र होइन, सर्वोच्च अदालतले प्रधानमन्त्रीमा […]