जानकी खबर । साउन ४,काठमाडौं ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टीको निर्णय नमान्ने २० सांसदलाई कारबाही गर्न प्रस्ताव गरिएको छ ।

पार्टीको निर्णय विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधव नेपालसहित २२ सांसदलाई एमालेले अनुशासनको कारबाही गर्ने भएको हो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नमान्ने २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव राख्नुभएको हो । बैठकमा अन्य केही केन्द्रीय सदस्यले भने स्पष्टीकरण भन्दा पनि तत्काल कारबाही गर्नुपर्ने माग राखेका छन् । महेश बस्नेत, खिमलाल भट्टराई, कृष्ण राईलगायतका सदस्यहरुले देउवालाई मत दिने नेताहरुलाई पार्टीबाटै निकाल्नुपर्ने माग राखेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवालाई माधवनेपाल सहित एमालेका २२ सांसदले मत दिएका थिए । देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ साथै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जन रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *