जानकी खबर ।साउन २, जनकपुरधाम ।
प्रदेश २ सरकारका एक मन्त्री र एक राज्य मन्त्रीले राजीनामा दिएका छन्।

प्रदेश २ सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र आन्तरिक मामिला तथा सञ्चारमन्त्री राज्यमन्त्री सरोज सिंह कुशवाहले मन्त्री पदबाट राजीनामा दिएका हुन्।

नेकपा माओवादी केन्द्रलाई सरकारमा सम्मलित गरेर मन्त्रीपरिषद् विस्तारको तयारी गरिरहेको अवस्थामा मार्ग प्रशस्त गर्न आफूले राजीनामा दिएको मन्त्री यादवले बताए।

उनले अहिलेको अवस्थामा सर्वपक्षीय सर्वदलीय सरकार निर्माण वर्तमान आवश्यकता रहेकोले आफुले राजीनामा दिएको जानकारी दिए।

यता, माओवादी केन्द्रलाई आज‌‌ै दिउँसो ३ बजे सरकारमा सहभागी गराई मन्त्रीहरुले सपथ लिने तयारी गरेको छ।

माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बन्ने बताइएको छ। आन्तरिक मामिला तथा सञ्चारमन्त्री मन्त्री ज्ञानेन्द्र यादबले बर्तमान राजनीति अवस्था र प्रदेशमा नेकपा माओवादीलाई शामिल गराउन अवश्यकता हेरेर पद बाट राजीनामा दिनुभएको मा वहाँलाई धन्यवाद साथै वहाँको यो कदमबाट प्रदेश देखि संघ सम्मको संसदलाई पाठ सिक्नुपर्ने हो । हाम्रो देश नेपालमा बिगत का दिनहरुमा मन्त्री हुन पार्टी परिवर्तन गर्न वा समुहगत राजनीति गरेर मन्त्री नबनेको होइन जुन आमजनताले हेरेका नै हुन तर वहाँ को यो राम्रो कदम अबिसमरनिय रहने छ साथै वहाँ भबिस्यमा हाम्रो देशका एक सफल ब्यक्तित्व हुने लक्षण देखिन्छ । जुन पार्टी र जनताले यश कदमको भबिस्यमा पक्का सहि मुल्यांकन गर्ने छ। प्रदेश नम्बर २का लोकप्रिय् नेता ज्ञानेन्द्र यादबलाई जनता लगायत मुख्यमन्त्री राउत ले हृदय देखि धन्यवाद गर्दै स्वागतगरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *