जानकी खबर ।१,साउन ।काठमाडौं ।
नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

  एमाले स्थायी कमिटी बैठकले देउवाको नेतृत्वमा गठित सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत नदिने निर्णय गरेको छ ।

एमालेले देउवा सरकारलाई ‘अलोकतान्त्रिक एवं अस्वस्थ विधिबाट गठित’ भनेको छ ।

पुष्पलाल स्मृति प्रतिष्ठान च्यासलमा शुक्रवार बसेको एमाले स्थायी कमिटी बैठकले देउवा सरकारलाई समर्थन नरहने स्पष्ट गर्दै विश्वासको मत नदिने निर्णयको पालना गर्न सांसदहरूलाई निर्देशन दिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । 

‘अस्वस्थ विधिबाट गठित सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत नदिने स्पष्ट गर्दै प्रतिनिधि सभाका सदस्यलाई पार्टी निर्णयको पालना गर्न निर्देशन दिने निर्णय भएको छ,’ ज्ञवालीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *