जनकपुरको आँखा अस्पतालमा धर्ना, सेवा अवरुद्ध

जनकपुरधाम । जानकी आँखा अस्पतालमा भइरहेको आर्थिक अनियमितताको छानविन तथा सुधारको माग गर्दै सर्वपक्षीय अनिश्चितकालिन धर्ना शुुरु भएपछि अस्पतालका सबै सेवाहरू ठप्प भएका छन् ।नेपाल रेडक्रसले सञ्चालन गरेको जानकी आँखा अस्पतालमा व्यापक आर्थिक अनियमितता भएको भन्दै स्थानीयले पटक पटक विरोध गरेपनि व्यवस्थापन पक्षबाट कुनै सुनुवाई नभएपछि विभिन्न राजनीतिक दलसहित,स्थानीय नागरिक समाज, बुद्धिजीवी,नेपाल चिकित्सक संघ आजबाट सर्वपक्षीय धर्नामा […]
साउनको पहिलो साेमवार शिवालयहरु भरिभराउ दर्शनार्थीहरुकाे घुइँचो

जनकपुरधाम/श्रावण ७ गते। आज साउन महिनाको पहिलो साेमवार , साउने साेवार व्रत बसी शिवजीकाे पूजा आराधना गर्ने धार्मिक परम्परा छ । काठमाडौं काे पशुपतिनाथ , जनकपुरधामकाे शिव मन्दिर , कपिलेश्वर महादेव मन्दिर , जलेश्वरकाे शिव मन्दिर , टुटेश्वर महादेव मन्दिर , जनकनन्दिनी काे शिव मन्दिर लगायत मन्दिरहरुमा शर्धापूर्वक पूजापाठ गर्न काे लागी आज बिहानैदेखि दर्शनार्थीकाे घुइँचो […]
सिरहामा कमला नदीमा फसेका ६ जनाको उद्धार

सिरहा । सिरहामा कमला नदीमा फसेका ६ जनाको उद्धार गरिएको छ । सिरहाको कल्याणपुर नगरपालिका–६ भोक्रहास्थित कमला नदीमा फसेका ४ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।डीएसपी थापाका अनुसार उद्धार गरिएकाहरु सोही ठाउँ बस्ने ५५ वर्षीय मनिया कापर, ५० वर्षीय सेवक साह, ३७ वर्षीय मोहम्द हाकिम र ३५ […]
कांग्रेस र एमालेको समर्थन पछि मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् । १०७ सदस्यीय प्रदेशसभामा शनिबार मुख्यमन्त्रीले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ६७ जनाले समर्थन जनाएका छन् ।उनको प्रस्तावको विपक्षमा ३४ मत परेको छ । प्रदेशसभामा शनिबार १०१ जना उपस्थित भएर मतदान गरेका थिए ।२८ जेठमा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित […]
मधेशको योजना आयोग उपाध्यक्षमा डा. सोहन साह नियुक्त

जनकपुरधाम । मधेश प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा डा. सोहन साह नियुक्त भएका छन् ।बिहीबार मुख्यमन्त्री सतिश सिंहले उनलाई नीति तथा योजना आयोगमा नियुक्त गरेका हुन् ।साहले आजै पद तथा गोपनियताको शपथ लिएर पदभार ग्रहण गरेका छन् ।डा. साह यसअघि जनमत पार्टी सरकारमा रहँदा उसको कोटामा नीति तथा योजना आयोगको सदस्य भएका थिए । […]
वट सावित्री पर्व जनकपुरधााामको रिपोर्ट ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सिंहले लिए पद तथा गोपनियताको सपथ

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।शुक्रबार जनकपुरमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिंहलाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो । त्यस्तै मुख्यमन्त्री सिंहसँगै मन्त्रीहरुले पनि शपथ लिएका छन् । अर्थमन्त्रीमा भरतप्रसाद साह, उद्योग, वाणिज्य र पर्यटन मन्त्रीमा युवराज भट्टराई, भौतिक पूर्वाधार विकास मन्त्रीमा सरोज कुमार यादव, […]
मधेश प्रदेशमा जसपा नेपालको सरकार ढल्यो

जनता समाजवादी पार्टी, नेपाल नेतृत्वको मधेश प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत नपाएसँगै उनी पदमुक्त भएका छन् ।कूल १०७ प्रदेश सभा सदस्यमा मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५४ जना सांसदको समर्थन आवश्यक पर्नेमा उनले ५० मतमात्रै प्राप्त गरे । प्रदेश सभा बैठकमा उपस्थिति १०३ सदस्यमध्ये मुख्यमन्त्रीमाथि प्रदेश सभाको विश्वास छैन […]
कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति

जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले उनलाई थप पाँच दिन हिरासतमा राख्न समय मागेकोमा शुक्रबार न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले तीन दिनको मात्रै अनुमति दिएको हो । नागरिकतासम्बन्धी प्रकरणमा प्रहरीले गत मंगलबार सिरोहियालाई काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरेको थियो । लगत्तै […]
धनुषाबाट चार किशोर किशोरीको उद्धार

जेठ ६ गते। धनुषाबाट चार जना किशोर किशोरीहरूको उद्धार गरिएको छ ।सिराहाको कर्जन्हाबाट भागेर भारततर्फ जाँदै गरेका दुई किशोर र दुई किशोरीलाई जेठ ४ गते धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१ स्थित सीमा इलाकाबाट उद्धार गरिएको हो । नेपालबाट भारतको जयनगरतर्फ जाने योजनाका साथ यात्रुवाहक बसमा चढी आएका उनीहरूलाई शंकास्पद अवस्थामा रेल्वे सुरक्षा वेश जनकपुरधाम र माइती नेपालको […]
