जेठ ६ गते। धनुषाबाट चार जना किशोर किशोरीहरूको उद्धार गरिएको छ ।सिराहाको कर्जन्हाबाट भागेर भारततर्फ जाँदै गरेका दुई किशोर र दुई किशोरीलाई जेठ ४ गते धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१ स्थित सीमा इलाकाबाट उद्धार गरिएको हो ।

नेपालबाट भारतको जयनगरतर्फ जाने योजनाका साथ यात्रुवाहक बसमा चढी आएका उनीहरूलाई शंकास्पद अवस्थामा रेल्वे सुरक्षा वेश जनकपुरधाम र माइती नेपालको टोलीले उद्धार गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *