जनकपुरधाम । मधेश प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा डा. सोहन साह नियुक्त भएका छन् ।
बिहीबार मुख्यमन्त्री सतिश सिंहले उनलाई नीति तथा योजना आयोगमा नियुक्त गरेका हुन् ।
साहले आजै पद तथा गोपनियताको शपथ लिएर पदभार ग्रहण गरेका छन् ।
डा. साह यसअघि जनमत पार्टी सरकारमा रहँदा उसको कोटामा नीति तथा योजना आयोगको सदस्य भएका थिए ।

करिब एक दशक बढी समयदेखि अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएका डा.साह जवाहर लाल नेहरु विश्वविद्यालयबाट पिएचडी गरेका हुन् । उनी हाल मार्टिन चौतारीमा आवद्ध भएर अध्ययन अनुसन्धानको काम गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *