जनकपुरधाम/श्रावण ७ गते। आज साउन महिनाको पहिलो साेमवार , साउने साेवार व्रत बसी शिवजीकाे पूजा आराधना गर्ने धार्मिक परम्परा छ । काठमाडौं काे पशुपतिनाथ , जनकपुरधामकाे शिव मन्दिर , कपिलेश्वर महादेव मन्दिर , जलेश्वरकाे शिव मन्दिर , टुटेश्वर महादेव मन्दिर , जनकनन्दिनी काे शिव मन्दिर लगायत मन्दिरहरुमा शर्धापूर्वक पूजापाठ गर्न काे लागी आज बिहानैदेखि दर्शनार्थीकाे घुइँचो छ ।
साउन हरियो , पहेँलो पहिरन, चुरा र मेहेन्दी लगाउने फेसन नै चलेको छ । खस आर्य समुदायका महिलाहरुबाट सुरु भएको फेसन अहिले अरु समुदायका महिलाहरुमा समेत फैलिएको छ । यससँगै श्रृङ्गारका सामग्रीकाे व्यापार गर्ने कस्मेटिक व्यवसायीकाे व्यापार पनि बढेको छ । केही वर्षयता साउन महिनामा विवाहित हाेस् या अविवाहित महिलाले हातमा हरियो , चुरा हत्केलामा र खुट्टामा मेहेन्दी लगाउने गरेका छन् । यही कारणले पनि कस्मेटिक पसलहरुमा व्यापार व्यवसाय बढेको छ । संस्कृतिविद्हरुका अनुसार साउन महिनालाई धर्म र संस्कृतिकाे पवित्र महिनाका रुपमा लिइन्छ । हिन्दु धर्ममा श्रावण साेमबारे व्रतकाे विशेष महत्व छ । श्रावण महिनाकाे याे पहिलो साेमबार आज साउन ७ गते व्रत बस्नाले सन्तान सुख, धन , निराेगी र मनाेकांक्षीत जीवन साथी प्राप्त हुने विश्वास गरिन्छ । साथै दाम्पत्य जीवनको दाेष र अकाल मृत्यु जस्तो संकटलाई टाढा भगाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *