*भाग्यविधाता * कविता डा. राजेन्द्र विमल

जानकी खबर ।१३,साउन, जनकपुरधाम ।भाग्यविधातागुन्डाहरू सर्वशक्तिमान हुन्,भाग्यविधाता, महान् हुन्,हाम्रो ज्यानका यिनै हुन् मालिक,भनौं-‘मालिक भगवान हुन्! ‘ भेडाहरूको राजा छान्न, भेडा -गन्ती सुरु भएछ,उफ्रिरहेछन् चम्चा-भेडा, उनको चल्ती सुरू भएछ,सिंहको छाला ओडी केही, भेडा मंचमा गर्जिरहेछन्,आयो जाँड र रक्सी- मौसम,तात्न खल्ती सुरु भएछ!डा. राजेन्द्र विमल
महामारीमा विपन्नलाई वितरण गर्न खरिद गरेको चामल गोदाममै कुहिएपछि रौतहटको देवाही गोनाही नगरपालिकाको कार्यालयमा स्थानीयले गरे तोडफोड
जानकी खबर ।१२ साउन,रौतहट । महामारीमा विपन्नलाई वितरण गर्न खरीद गरेको चामल गोदाममै कुहिएपछि स्थानीयले आक्रोश व्यक्त गर्दै रौतहटको देवाही गोनाही नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् । नगरपालिकाले गरिव, असहाय, दलित समुदायलाई राहत वितरण गर्न खरिद गरेको चामल गोदाममै कुहिएपछि सोमबार राति खाल्डो खनेर पुरेको थियो ।महामारीका बेला जनता भोकभोकै परेको तर नगरपालिकाले चामल कुहाएर […]
भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरिएको ४० वटा राँगा प्रहरीको नियन्त्रणमा
भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरिएको ४० वटा राँगा प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरी जिल्लाको सुरुङा नगरपालिका वडा नम्बर १० स्थित बलान खोला नजिकबाट ती राँगालाई नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । बलान खोलाको पश्चिम किनार हुँदै ल्याउँदै गरिएका ती राँगालाई आवश्यक कार्वाहीका निम्ति राजविराज भन्सार कार्यालय तिलाठीमा […]
लक्ष्मीनियाँ गाउँपालिकामा जनमत पार्टीको पार्टी प्रवेश कारिक्रम सम्पन्न

जानकी खबर ।१० साउन ,लक्ष्मीनियाँ ।धनुषाको लक्ष्मीनियाँ गाउँपलिकामा जनमत पार्टीको पार्टी प्रवेश कारिक्रम सम्पन्न भएको छ । आइतबार लक्ष्मीनियाँ गाउँपलिकाका वडा ७ मा जनमतका प्रतिनिधि ईशराफुल राईनले वडा ७ को विभिन्न टोलका ३ सय ५० जनाले पार्टीमा प्रवेश गरेको जानकारी दिनु भएको छ । जनमत पार्टी लक्ष्मीनियाँ गाउँपलिकाका वडा ७ कुम्हरौडाले आयोजनागरेको करिक्र्ममा जनमत पार्टी […]
देउवा नेतृत्वको सरकार कसैले ढाल्न नसक्ने -निधी

जानकी खबर ।८ साउन,महोत्तरीनेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधीले शेरबहादुर देउवा नेतृत्वको सरकार कसैले ढाल्न नसक्ने बताएका छन् । महोत्तरीको जलेश्वरमा काँग्रेस जिल्ला पार्टी कार्यालयको उद्घाटन र महेश्वर प्रसाद सिंहको शालिक अनावरणगर्दै उपसभापति निधीले भने, ‘अब माओवादी र जसपाले समर्थन फिर्ता लिएपनि सरकार ढल्दैन । बरु चुनाव हुन्छ ।’ उनले विश्वासको मत लिएको २ वर्षसम्म अविश्वासको […]
प्रदेश २ लाई समृद्ध कृषि प्रधान प्रदेश बनाउने गरी प्रदेश सरकार अघि बढेको- कृषि मन्त्री साह

जानकी खबर।७ साउन, सर्लाही । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री सैलेन्द्र प्रसाद साहले प्रदेश २ लाई समृद्ध कृषि प्रधान प्रदेश बनाउने गरी प्रदेश सरकार अघि बढेको बताउनुभयो । विहीबार सर्लाहीको लालबन्दी नगरपालिका स्थित डुमडुमे महादेव मन्दिर अगाडी रहेको कृषि थोक बजार व्यवस्थापन समितिको प्रवेशद्वारको उद्घाटन गर्दै मन्त्री साहले यस्तो बताएका हुन् ।प्रदेश नम्बर २ […]
जनकपुर– जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा

जानकी खबर । ७ साउन, जनकपुरधाम । जनकपुर– जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको छ । पूर्वाधार, जनशक्तिलगायतका सबै तयारी भइसकेकाले अब नेपाल र भारतका सरकारबीच समझदारी गरेर रेल सञ्चालन गर्न सकिने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । हिजोआज नै रेल सञ्चालन गर्ने गरी तयारी गरिएकामा सरकार परिवर्तन भएकाले केही दिन […]
धनुषाको सबैलास्थित कमला नदीको बाँध भत्कियो।

जानकी खबर ।६ साउन,सबैला । धनुषाको सबैलास्थित कमला नदीको बाँध भत्किएको छ । सोमबार रातिको अविरल वर्षाका कारण भत्किन शुरु भएको सबैला नगरपालिका–१३ किरतपुरस्थित कमला नदीको पश्चिमतर्फको बाँध बुधबार बिहान पूर्ण रुपमा भत्किएको हो । बाँध भत्किन शुरु भएपछि सुरक्षाकर्मी तथा स्थानीय मिलेर नियन्त्रणको प्रयास गरेका थिए । तर नियन्त्रणको सबै प्रयास असफल भएको र […]
इद–उल–अजहा (बकरिद)को हार्दिक मंगलमय शुभकामना
साउन महिनाको पहिलो सोमबारी आज शिवालयहरुमा भगवना शिवको धुमधामसंग पूजा अर्चना गरिँदै

जानकी खबर ।४ साउन, जनकपुरधाम ।साउन महिनाको पहिलो सोमबारी आज शिवालयहरुमा भगवना शिवको धुमधामसंग पूजा अर्चना गरिँदै छ । सोमबार बिहानैदेखि धनुषा जनकपुरधामको शिव मन्दिर, क्षिरेश्वरनाथ महादेव, महोत्तरीको जलेश्वरनाथ महादेव, मंगलनाथ महादेव लगायतको देश तथा विदेशका शिवालयहरुमा पूजा अर्चना गर्ने भक्तजनहरुको घुइँचो लागेको छ । साउन महिनाको सोमबार ब्रत बसेर विधिपूर्वक शिव भगवानको पुजा गर्नाले […]
