जानकी खबर ।१३,साउन, जनकपुरधाम ।
भाग्यविधाता
गुन्डाहरू सर्वशक्तिमान हुन्,
भाग्यविधाता, महान् हुन्,
हाम्रो ज्यानका यिनै हुन् मालिक,
भनौं-‘मालिक भगवान हुन्! ‘
भेडाहरूको राजा छान्न, भेडा -गन्ती सुरु भएछ,
उफ्रिरहेछन् चम्चा-भेडा, उनको चल्ती सुरू भएछ,
सिंहको छाला ओडी केही, भेडा मंचमा गर्जिरहेछन्,
आयो जाँड र रक्सी- मौसम,तात्न खल्ती सुरु भएछ!
डा. राजेन्द्र विमल

