जानकी खबर ।६ साउन,सबैला ।

धनुषाको सबैलास्थित कमला नदीको बाँध भत्किएको छ ।

सोमबार रातिको अविरल वर्षाका कारण भत्किन शुरु भएको सबैला नगरपालिका–१३ किरतपुरस्थित कमला नदीको पश्चिमतर्फको बाँध बुधबार बिहान पूर्ण रुपमा भत्किएको हो ।

बाँध भत्किन शुरु भएपछि सुरक्षाकर्मी तथा स्थानीय मिलेर नियन्त्रणको प्रयास गरेका थिए । तर नियन्त्रणको सबै प्रयास असफल भएको र बाँध भत्किएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

उनका अनुसार बालुवा र मोटोको ढिस्को बनाएर बाँध निर्माण गरिएकाले भत्किएको हो । पानीको बहाव अहिले कम भएकाले गाउँतर्फ प्रवेश नगरेको स्थानीयले बताएका छन् । अब वर्षा भए सिधै गाउँतिर पानी छिर्ने भएको छ । यद्यपि प्रमुख जिल्ला अधिकारी बास्तोलाले बुधबारदेखि नै नदी नियन्त्रणको काम पूर्ण रुपमा हुन लागेको बताए ।

बाँध नियन्त्रणका लागि कमला नदी नियन्त्रण आयोजना मार्फत अर्थ मन्त्रालयले ५० लाख बजेट मंगलबार मात्रै छुट्टयाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *