जानकीखबर ।१२ साउन,सप्तरी ।

भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरिएको ४० वटा राँगा प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी जिल्लाको सुरुङा नगरपालिका वडा नम्बर १० स्थित बलान खोला नजिकबाट ती राँगालाई नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । बलान खोलाको पश्चिम किनार हुँदै ल्याउँदै गरिएका ती राँगालाई आवश्यक कार्वाहीका निम्ति राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *