कांग्रेसलाई गृहमन्त्री लामिछानेको खुल्ला चुनौती

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसलाई आफूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लामिछानेले एउटा ठाडो उजुरीलाई लिएर सदन नै अवरुद्ध गर्न खाजेको र आफुलाई सदनमा समेत बोल्न नदिएको भन्दै आरोप पुष्टि गर्न कांग्रेसलाई चूनौति दिनुभएको हो ।रास्वपा सभापतिसमेत रहेका लामिछानेले वर्तमान सन्दर्भका […]
मधेश प्रदेशमा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शनिवार मन्त्री परिषद विस्तार गर्नु भएको छ ।सत्ता समिकरण फेरिए पछि सरकारमा आएको नेकपा एमालेको तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मुख्यमन्त्री यादवले मन्त्री परिषद विस्तार गर्नु भएको छ । नवनियुक्त मन्त्रीहरुमा राजकुमार लेखी गृह, संचार तथा कानून मन्त्रालय, शत्रुधन सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रमोदकुमार जयसवाल […]
माओवादी उपाध्यक्ष महरालाई हाजिरी जमानीमा छाड्ने तयारी

काठमाडौँ —सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाड्ने तयारी गरिएको छ । शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिने भएको हो ।नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार सरकारी वकिलको कार्यालयको रोहबरमा महरालाई छाड्न लागिएको हो । उक्त प्रकरणमा महरामाथि छानबिन भने जारी रहने ती अधिकारीले […]
कांग्रेस पनि दूधले नुहाएको पार्टी होइन : रवि लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले आफूमाथि परेको सामान्य उजुरीमा संसदीय छानबिन र राजीनामा माग्नु बेठीक भएको बताएका छन् ।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले उपप्रधानमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्न माग गरेका थिए । संसद बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री लामिछानेले कांग्रेसले सामान्य उजुरीमा नै […]
मधेश प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री यादवलाई थप दुई मन्त्रालयको जिम्मेवारी

मधेश प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवलाई थप दुई मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।एमाले संसदीय दलका नेता यादव हिजो मात्रै मन्त्री नियुक्त भए । हिजै उनले प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिई पदभार ग्रहण गरेका थिए ।मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले मन्त्री यादवलाई गृह, संचार तथा कानून मन्त्रालय र […]
मधेस प्रदेशको नवनियुक्त प्रदेश प्रमुख भण्डारीद्वारा पदभार ग्रहण

मधेस प्रदेशको नवनियुक्त प्रदेश प्रमुख सुमित्रा भण्डारीले पदभार ग्रहण गरेकी छिन् । मधेस प्रदेशको प्रदेश प्रमुखको रुपमा गत बुधबार शपथ ग्रहण गरेकी नवनियुक्त प्रदेश प्रमुख भण्डारीले पदभार ग्रहण गरेकी हुन् । सोमबार मात्रै जनकपुर धाम आई पुगेकी प्रदेश प्रमुख भण्डारी पदभार ग्रहण गरेपछि प्रदेश प्रमुखको कार्यभार वहन गर्न सबैको साथ र समन्वय रह्ने विश्वास व्यक्त […]
जानकी खबर।व्लोग।
१५ दिने मिथिला माध्यमा परिक्रमा शुरु

१५ दिने मिथिला माध्यमिकी परिक्रमा आजदेखि शुरु भएको छ । फागुने औशीदेखि पुर्णिमासम्म चल्ने परिक्रमामा धनुषा, महोत्तरी र भारत विहारका दर्जनौ धार्मिक ऐतिहासिक ठाँउहरुको ९० किलो मिटर र छिमेकी मुलुक भारतको ३० किलो मिटर गरि जम्मा १ सय २० किलो मिटर भु–भागको यात्रा गरिन्छ ।आजको दिन धनुषाको मिथिला विहारी नगरपालिका ८ कचुरी स्थित मिथिला विहारी […]
उपेन्द्र यादवले लिए शपथ , उपप्रधानमन्त्रीको संख्या ४

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । यससँगै प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा चार उपप्रधानमन्त्री बनेका छन् ।यसअघि नै मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने छन् । आइतबार जसपा अध्यक्ष यादव पनि […]
आज महाशिवरात्री पर्व

शुक्रबार महाशिवरात्रि पर्व मनाइँदै छ।महाशिवरात्रि पर्वका अवसरमा देशभरका शिवालयहरूमा भगवान् शिवको विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।आज पाशुपत क्षेत्र लगायत जनकपुरधामम स्थित शिव मन्दिर कपिलेश्वरनाथ महादेव मन्दिर र जलेश्वरमा रहेको शिव मन्दिर लगायत विभिन्न मन्दिरमा भगवान् शिवको विशेष अनुष्ठान र पूजा अर्चना हुँदै छ। महाशिवरात्री भगवान शिव उत्पत्ति हुनु भएको दिन र […]
