मधेश प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवलाई थप दुई मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
एमाले संसदीय दलका नेता यादव हिजो मात्रै मन्त्री नियुक्त भए ‌। हिजै उनले प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिई पदभार ग्रहण गरेका थिए ‌।
मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले मन्त्री यादवलाई गृह, संचार तथा कानून मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी तोकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *