शुक्रबार महाशिवरात्रि पर्व मनाइँदै छ।
महाशिवरात्रि पर्वका अवसरमा देशभरका शिवालयहरूमा भगवान् शिवको विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।
आज पाशुपत क्षेत्र लगायत जनकपुरधामम स्थित शिव मन्दिर   
      कपिलेश्वरनाथ महादेव मन्दिर र जलेश्वरमा रहेको  शिव मन्दिर लगायत विभिन्न मन्दिरमा भगवान् शिवको विशेष अनुष्ठान र पूजा अर्चना हुँदै छ।

महाशिवरात्री भगवान शिव उत्पत्ति हुनु भएको दिन र भगवान शिवजी र माता पार्वतीको विवाह भएको दिन समेत हो । हिन्दू धर्ममा यस पर्वको विशेष महत्व रहेको छ ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्। शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर  लगायतका मन्दिरहरूमा दर्शनार्थीहरुको घुइँचो छ ।
आज भक्तजनहरू व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजाअर्चना गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *