
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले आफूमाथि परेको सामान्य उजुरीमा संसदीय छानबिन र राजीनामा माग्नु बेठीक भएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले उपप्रधानमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्न माग गरेका थिए । संसद बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री लामिछानेले कांग्रेसले सामान्य उजुरीमा नै संसदीय छानबिन माग गरेर गलत अभ्यास सिकाउन खोजेको टिप्पणी गरे ।
एउटा पूरक, ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको छ भने नेपाली कांग्रेस दुधले नुहाएको पार्टी हो कि होइन भन्ने कुरा नेपाली जनताले बुझेका छन् । ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने हो भने यसमा अडिरहन आग्रह गर्दछु । हामीले कामले जवाफ दिने हो’, उनले भने ।
उपप्रधानमन्त्री लामिछानेले आफ्ना विषयमा कांग्रेसले अनावश्यक विवाद झिकेको आरोप लगाए ।
