काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसलाई आफूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लामिछानेले एउटा ठाडो उजुरीलाई लिएर सदन नै अवरुद्ध गर्न खाजेको र आफुलाई सदनमा समेत बोल्न नदिएको भन्दै आरोप पुष्टि गर्न कांग्रेसलाई चूनौति दिनुभएको हो ।
रास्वपा सभापतिसमेत रहेका लामिछानेले वर्तमान सन्दर्भका विषयमा बोल्दै कांग्रेसले आफ्नो नैतिकता भूलेको टिप्पणी गरे ।
कांग्रेस जस्तो इतिहास बोकेको पार्टीले प्रमाणविना बोलेको भन्दै उहाले कांग्रेसकै नेता तथा बिज्ञहरुमाझ सार्वजनिक रुपमा यस बिषयमा बहस गर्न तयार रहेको बताउनुभयो । रास्वपा सभापति समेत रहनुभएका लामिछानेले आफुले यसअघि नै छाडेको संस्थासंग जोडेर आफुलाई बिभिन्न प्रकरणमा मुछ्ने काम भएको भन्दै जिवि राईलाई आकाश पाताल जहाबाट भएपनि खोजेरै ल्याउने दावी गर्नुभयो । सहकारी वचतकर्ताको रकम व्याजसहित फिर्ता नगरेसम्म राजनीतिबाट बिश्राम नलिने उहाले बताउनुभयो ।
पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘म चुनौतीका साथ भन्न चाहन्छु, त्यो एउटा ठाडो उजुरीलाई लिएर सदन नै अवरुद्ध गर्न खोज्नुभएको छ । म उहाँहरूलाई भन्न चाहन्छु– तपाईं कहाँ कहिले कुन मितिमा मलाई बोलाउनुहुन्छ ? सदनमा त मलाई बोल्न दिनुभएको छैन । मैले आफ्ना कुरा राख्न पाएको छैन । ठीक छ, जनताको माझमा खुला रुपमा बहस गरौं । तपाईंले भनेको ठाउँ र मितिमा बोलाउनुस् र प्रमाणित गरिदिनुस्, तपाईं भएभरका सबै लगाएर प्रभावशाली नेताहरू बोकेर आउनुहोला । सबै प्रमाणहरू लिएर आउनुहोला । म एक्लै आउँछु ।’ 
लामिछाने कुनैबेला प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियाले सहकारीको करौडौं रुपैयाँ डुबाएको छ । यही प्रकरणमा उनी मुछिएका छन् । कांग्रेसले उजुरी परेको व्यक्ति गृहमन्त्रीमा नस्वीकार्ने भन्दै संसदीय छानबिनको समेत माग गरिरेको छ । 
उहाँले बिभिन्न प्रकरणमा मुछिएकाहरुलाई प्रमाणका आधारमा जस्तोसुकै ओहोदामा भएपनि नछाड्ने पनि  स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *