दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताएका छन् । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा तलव सुविधा उच्चस्तरीय आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले दण्ड र पुरस्कारको असल अभ्यास गरेर मात्र सुशासन र समृद्धिको आधार तयार पार्न सकिनेमा जोड दिए । उनले भने, ‘तपाईहरूको प्रतिवेदनमा कर्मचारीहरूले तलवमानका साथै अर्थतन्त्रको […]

उपप्रधान मन्त्री श्रेष्ठ आज कतारको राजधानी दोहा जाँदै

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन आज कतारको राजधानी दोहा जाँदैछन् । उपप्रधानमन्त्री श्रेष्ठ आज साँझ दोहा प्रस्थान गर्ने उनको सचिवालयका एक सदस्य विजय गौतमले जानकारी दिए । श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, उपप्रधानमन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सुरेशकाजी […]

लक्ष्मीनियाँमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा वडाध्यक्षहरूले तला बन्दि गरेका  छन् । प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र  यादवको कार्यकक्षमा आइतबार वडा नम्बर १ का वडाध्यक्ष दिलीप यादव, वडा नम्बर-५ का वडाध्यक्ष दुखरण यादव, वडा नम्बर-६ का वडाध्यक्ष महावीर साह र वडा नम्बर-७ का वडाध्यक्ष गंगा साह लगाय असन्तुष्ट युवाहरूले तालाबन्दी गरेका छन् । […]

धार्मिक पदयात्रा १५ दिने मिथिला परिक्रमा सुरु

धनुषा-मिथिलाञ्चलका साँस्कृतिक उत्सव तथा  धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा आज देखि विधिवत सुरु भएको छ ।मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरको रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ । मिथिला हाम्रो सभ्यता हो, गर्वका साथ भन्नु पर्दछ कि रामायण हाम्रो देशमा पनि घटित भएको हो ।रघुवंशीय रामले मिथिलाकी राजकुमारी सीतासंग लगनगाँठो कस्दाको इतिहास अझै […]

<strong>चितवन-२ मा उपनिर्वाचनका लागि दल दर्ता आह्वान</strong>

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो । सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न भनिएको […]

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिँदै

काठमाडौं । जलेर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजानका लागि कीर्तिपुर अस्पतालबाट निकालिएको छ । कीर्तिपुर अस्पतालबाट एम्बुलेन्समा राखेर उनलाई विमानस्थल लगिँदै छ । विमानस्थलबाट श्री एयरलाइन्सको विमानमार्फत उनलाई उपचारका लागि मुम्बईको सुविधासम्पन्न नेशनल बर्नस् सेन्टरमा लगिने छ । नर्भिकबाट ६ जना चिकित्सकको टीम फ्लाइटमा हुने स्वास्थ्य तथा […]

भौतिक पूर्वाधार मन्त्रालय लिने प्रचण्डको प्रस्तावमाथि रास्वपा बैठकमा छलफल

काठमाडौं । सरकारमा रहने कि बाहिरिने भन्ने निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक अहिले चलिरहेको छ । बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले माग पूरा गर्न प्रधानमन्त्री प्रचण्डलाई २ दिनको समय दिएको थियो । उक्त समय सकिएपछि रास्वपाले बैठक बोलाएको हो । रास्वपा स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय छाडेर भौतिक पूर्वाधार […]

नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगे रवि ।

काठमाडौं । निवर्तमान गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् । आइतबार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकता लिने प्रक्रिया थालेका हुन् । उनका समर्थक पनि जिल्ला प्रशासन कार्यालय पुगेका छन् । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पुरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार […]

गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सकियो।

काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको सुनुवाइ सकिएकोछ । आज गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले बाँकी बहस गरेका थिए । त्यसपछि रिट निवेदकहरुले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो । बहस सकिए पनि आज नै संक्षिप्त आदेशसहित निर्णय सुनाउने वा निर्णय सुनाउने कुनै मिति तोक्नबारे कुनै तय भएको छ । उक्त विवादको सुनुवाइका लागि […]